४ जेष्ठ २०८१, शुक्रबार

 

भीरबाट लडेर गम्भीर घाइते भएको रायडाँडाका केसीको उपचारको लागि सहयोग

भीरबाट लडेर घाइते भएका बागलुङ नगरपालिका वडा नम्वर ११ रायडाँडाका लिलबहादुर केसीको उपचारको लागि विभिन्न व्यक्तिको पहलमा रकम संकलन गरि सहयोग गरिएको छ ।

भीरबाट लडेर गम्भीर घाइते भएका केसीको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोग संकलन थालिएको समाजसेवी मिलन केसीले नयाँ विश्वलाई बताउनु भयो।

समाजसेवी मिलन केसीको पहलमा कुल क्षेत्री, भुवन केसी लगायतको सक्रियातमा शंकलन गरेको ३ लाख ७५ हजार २ सय १० घाइते लिल बहादुर केसीलाई हस्तान्तरण गरिएको छ । घर नजिकैको भीरबाट लडेर घाईत भएका केसीको हाल धौलागिरि अस्पतालमा थेरापी भैरहेको छ ।

घरको आर्थिक अवस्था एकदम नाजुक रहेको र घर मुलीनै भिरबाट लडेर स्पाइनल कर्डमा चोट लागेर हातखुट्टा केहि नचल्ने भएपछि परिवार आर्थिक संकटमा परेको छ ।

आर्थिक अभावका कारण उपचार गर्न समस्या भएपछि बागलुङ नगरपालिका वडा नम्वर ११ का वार्ड अध्यक्ष ज्ञानेन्द्र गौतमले विभिन्न निकायमा समन्वय गरि औषधी उपचारमा पहल गर्नु भएको मिलन केसीले बताउनु भयो ।

उपचारका लागि पैसा धेरै खर्च हुने भएकाले सम्पूर्ण महानुभावहरूसँग अनुरोध गरि आर्थिक अवस्था कमजोर भएका केसीको जिवन रक्षामा सघाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्