१५ कार्तिक २०८३, शनिबार

 

देउराली चोक क्षेत्रमा सरसफाई

बागलुङ । गौडाकोट युवा क्लव बागलुङ नगरपालिका ३ को सक्रियतामा देउराली चोक क्षेत्रमा सरसफाई गरिएको छ । बागलुङ बजार प्रवेशद्वारको रूपमा रहेको देउराली चोक क्षेत्रमा फैलिएको झाडी फडानी गरिएको हो । क्लवका पदाधिकारी सदस्यहरुको उपस्थितिमा सरसफार्इ गरिएको थियो ।

बागलुङ बजारबाट गौडाकोट तर्फ जाने सडक छेउमा रहेको झाडी फडानी गरिएको क्लवका अध्यक्ष एक बहादुर केसी संगमले बताउनु भयो । सो ठाँउमा जिप पार्क बनाउने भनिय पनि कमजोर भूगोलको कारण पटक पटक जमिन भासिएपछि जिप पार्क बनाउने योजना असफल भएको थियो ।  अब निकट भविष्यमा जन्मभूमीसँग युवा कार्यक्रम गर्ने तयारी गरेको बताउनु भयो ।

युवाहरु रोजगारीको खोजिमा विदेश पलायन भैरहेकोले खति योग्य जमिन जंगालमा परिणत हुन थालेकोले क्लवले स्थानीयसँँग सहकार्य गरि त्यस्ता जमिन सरफाई गरि दिर्घकालिन खेती गर्ने तयारी गरेको केसीले बताउनु भयो ।

नयाँपुस्ता विदेश गएको र ६० वर्ष उमेर समूहका व्यक्ति मात्र घर कुरेको अवस्था रहेकोले पुरानो पुस्ता सकिदै जादा गाउँ नै शुन्य हुदै जाने सम्भावना रहेकोले क्लबले युवा कार्यक्रम संचालन गर्न लागेको अध्यक्ष केसीले नयाँ विश्वलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung