२ जेष्ठ २०८१, बुधबार

 

बागलुङ नगर खानेपानीको गाडीको दुरुपयोग रोकियो

बागलुङ । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गाडीको दुरुपयोग रोकेको छ । नगर खानेपानीको तदर्थ समितिले गाडीको दुरुपयोग रोक्न साउन ५ गतेदेखि च्याम्बर रोडमा रहेको पार्किङ स्थलमा गाडी राख्ने गरेको छ ।

ध १ च ७१० नं स्करपियो गाडी कार्यालय प्रयोजन बाहेक व्यक्तिगत कार्यमा गाडीको दुरुपयोग नहोस भनि सो निर्णय गरिएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका संयोजक जयराम भारीले नयाँ विश्वलाई बताउनु भयो ।

यस अघिको नगर खानेपानीको पदाधिकारी, समितिका सदस्यहरु र कर्मचारीहरुले नगर खानेपानीको गाडी व्यक्तिगत काममा दुरुपयोग गरेको भनि व्यापक गुनासो आएको थियो । सात वर्ष अघि अध्यक्ष हरि प्रसाद श्रेष्ठ नेतृत्वको कार्यसमितिले पोखराको बतास ब्रदर्शबाट ४० लाखमा उक्त गाडी खरीद गरेको थियो ।

उक्त गाडी खरीद गर्नको लागि मध्यपाहाडि लोकमार्ग आयोजनाले खहरेदेखि रात्माटासम्म बाटो विस्तार गर्दा नगर खानेपानीको पाइपहरुमा क्षेति पुगेपछि ३३ लाख ६ हजार रुपैयाँ क्षेतिपुर्ति रकम नगर खानेपानीलाई दिएको थियो ।

दोस्रो साना शहरी आयोजनाले पनि काम सम्पन्न गरेर जाने बेलामा पुरानो गाडी, कम्युटर र फर्निचर नगर खानेपानीलाई दिएर गएको थियो । मध्यपाहाडि लोकमार्ग आयोजनाले दिएको रकम, दोस्रो साना शहरी आयोजनाले दिएको गाडी लिलाम गरि आएको रकममा केहि रकम थपेर बागलुङ नगर खानेपानीले स्करपियो गाडी खरीद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्