४ जेष्ठ २०८१, शुक्रबार

 

कालीगण्डकी बचाऔं अभियानमा लागेका फोटो पत्रकार आरके अदिप्तविरुद्ध पक्राउ पुर्जी जारी

बागलुङ । कालीगण्डकी बचाऔं अभियान संचालन गरिरहेका फोटो पत्रकार आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गिरीले पर्वतका पत्रकारविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा किटानी जाहेरी परेको थियो ।

पर्वतका पत्रकार स्वार्थमा बिकेको भन्दै गिरीले लेखेको स्टाटस विरुद्ध पत्रकारहरुले उजुरी दिएका थिए । पर्वतका पत्रकार गणेश पौडेल, छविलाल तिवारी, सन्तोष थापासहित ६ जना पत्रकारहरुले फोटो पत्रकार गिरी विरुद्द किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिनु भयो ।

‘उहाँहरुले पाँच छ दिन अगाडि उजुरी दिन आउनु भएको थियो तर हिजो मात्र पक्राउ पुर्जी जारी भएको छ थप प्रगति केहि भएको छैन’ डीएसपी न्यौपानेले नयाँ विश्वलाई बताउनु भयो ।

पत्रकारबिचको विषय मिलाउन खोजे पनि असफल भएको न्यौपानेले भन्नु भयो । किटानी जाहेरी नै परेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको र बाँकी कानुनी प्रक्रियाअनुसार हुने न्यौपानेको भनाइ छ ।

साइबर अपराध पहिले केन्द्रले हेर्ने गर्दथ्यो तर साउन १ गतेदेखि साइबर अपराध पनि जिल्लालाई हेर्ने अधिकार दिएको छ ।फोटो पत्रकार आरके अदिप्त गिरीले लामो समयदेखि कालिगण्डकी दोहनको विषयमा आवाज उठाउर्दै आउनु भएको थियो ।

यस विषयमा पर्वतका पत्रकारहरुले कलम नचलाएको भनि गिरीले सामाजिक सञ्जाल मार्फत तिखो प्रहार गर्ने गर्दथ्ये । गिरीले भने कालिगण्डकी दोहनमा संलग्नहरुको विषयमा आवाज उठाउदा र गलत प्रवृतिको विरोध गर्दै लेखेकै भरमा आफूमाथि षडयन्त्र गरिएको बताउनु भयो ।

कालीगण्डकी नदीको संरक्षण र र पत्रकारिता भित्र मौलाइ रहको गलत प्रवृत्तिको आफूले ब्यंग्य गर्दा षडयन्त्र मुलक ढंगले पक्राउ पुर्जी जारी भएको बताउनु भयो । गिरी केही वर्षदेखि कालीगण्डकी नदी बचाउ अभियान र कुश्मा कला परियोजना चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्