४ जेष्ठ २०८१, शुक्रबार

 

नेपाल मुस्लिम संघ बागलुङको अध्यक्षमा करीम दिन

बागलुङ । नेपाल मुस्लिम संघ बागलुङको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न दोस्रो अधिवेशनले करीम दिनको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मक्सुद अलि खाँन, सचिवमा सलामु दिन, सहसचिवमा नसिव दिन र कोषाध्यक्षमा रइमद खान रहेका छन् ।

सदस्यहरुमा इसमाइल खान, नसिम दिन, जमिला बेगम, सहिद दिन मुबारक खान, स्माइल दिन, जमिल दिन, अस्लान दिन, सकिला बेगम, सरिफा बेगमलगाएत रहेका छन् ।

यसै गरी समितिको सल्लाहकारमा खलिल दिन र अबजल अलि रहेका छन् । नेपाल मुस्लिम संघ जिल्ला समिति बागलुङले मुस्लिम समुदायको हक, अधिकार र आफनो भाषा, साहित्य र संस्कृतिको संरक्षणमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्