४ जेष्ठ २०८१, शुक्रबार

 

लियो क्लव आफ धौलागिरि बागलुङका सचेतक शर्माको विदाई

बागलुङ । लियो क्लव आफ धौलागिरि बागलुङले अध्ययनको लागि विदेश जान लागेका सदस्यको विदाई गरेको छ ।

क्लवले एक कार्यक्रमको आयोजना गरि अध्ययनको लागि क्यानडा जान लागेको क्लवका सचेतक शमुन्द्र शर्माको विदाई गरेको हो । कार्यक्रममा लायन्स क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी युवा पुस्ता समाज र राष्ट्रप्रति उत्तरदायी बन्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा पत्रकार सुवास आचार्य, रिजन १ कोडिनेटर लियो डिष्ट्रिक काउन्सिल ३२५ के नेपाल प्रवेश पौडेल लियो क्लव अफ बागलुङका अध्यक्ष सिजन शर्मा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम लियो क्लव अफ धौलागिरि बागलुका अध्यक्ष मनिष कँडेलको अध्यक्षता र प्रथम उपाध्यक्ष सचिन हरिजनको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्