२० बैशाख २०८१, बिहीबार

 

प्रेस युनियन बागलुड शाखाको पदस्थापन कार्यक्रम सम्पन्न

बागलुङ । नेपाल प्रेस युनियन बागलुड शाखाको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत असार ९ गतेसम्म युनियनको १२ औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट निर्वाचित समितिको पदस्थापन गरिएको हो । प्रेस युनियनको १२ औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट संगम घर्ति मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा जिल्ला समिति चयन भएको थियो ।

अध्यक्ष घर्ती मगरलाई निवर्तमान अध्यक्ष प्रदिप पन्तले पदस्थापन गराउनु भएको थियो । आठौं जिल्ला अधिवेशनबाट उपाध्यक्ष सुवास आचार्य, उषा पौडेल, सचिवमा डम्मर बुढा मगर, कोषाध्यक्ष छविलाल पाण्डे, सहसचिवमा नवराज परियार चयन हुनु भएको थियो ।

सदस्यमा रामशरण पोखरेल, मञ्जुल शाक्य, भरत सापकोटा, कृष्ण समिर, जितबहादुर क्षेत्री, राजु शर्मा, लिला श्रीस, सुरेश छन्त्याल र चक्रवीर थापा चयन हुनुभएको थियो । पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य चम्पादेवि खड्काले पछिल्लो समय पत्रकारीता क्षेत्रमा पनि केहि बिचलन आएकाले पत्रकारीताको मर्म र भावना अनुसार पत्रकारहरु अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका गण्डकी प्रदेश कोषाध्यक्ष एवँ बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ , नेपाली कांग्रेस बागलुङ का सचिव तथा जैमिनी नगर पालिका का उपप्रमुख हरिहर शर्मा , नेपाली कांग्रेसका नेता जगदिशचन्द्र उपाध्याय, नेका क्षेत्र नम्बर २ का सभापति तथा तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढा, निर्वाचन अधिकृत अधिवक्ता भुमिश्वर शर्मा गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल महिला संघकी केन्द्रिय सदस्य भगवती केसीले बधाई सहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नव निर्वाचित अध्यक्ष घर्ती मगरले प्रतिवद्धता मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम नेपाल प्रेस युनियन बागलुड शाखाकाका निवर्तमान अध्यक्ष प्रदिप पन्तको अध्यक्षता र सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्