१७ बैशाख २०८१, सोमबार

 

बैंकर्स बागलुङको आयोजनामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

“स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ बैंकर्स बागलुङको आयोजनामा शनिबार बैंकर्स हरु बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको गरेकोे छ। प्रतियोगिताको बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले उद्घाटन गर्नुभएको थियो।

सो अबसरमा बोल्दै शर्माले बैंकका कर्मचारीको दैनिकी केवल बैंक भित्रको काममा मात्रै सिमित नभई अन्य क्षेत्रमा पनि सक्रिय रहँदै स्वास्थ्य एबं शारीरिक तन्दुरुस्तीको लागि पनि समय समयमा यस्तो कार्यक्रमको आयोजना गरिएको वताउनु भयो।

कार्यक्रमको बारेमा मैत्रीपूर्ण फुटसल कार्यक्रमका संयोजक सन्तोष थापाले प्रकाश पार्नु भएको थियो। प्रतियोगितामा चार समुहमा ३६ जना बैंकर्स खेलाडी हरूले मैत्रीपूर्ण प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिता मा बैंकर्स हेमराज शर्माले नेतृत्व गरेकोे समुह ‘ए’ले प्रथम स्थान हासिल गरेको थियो। प्रतियोगिता को उत्कृष्ट खेलाडी को उपाधी समुह ‘ए’ का रोहन खड्का र सबैभन्दा धेरै गोल गर्ने खेलाडीको उपाधि समुह ‘सि’ का सतिश केसीले हात पार्न सफल भएका थिए ।

कार्यक्रम बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माको अध्यक्षता , उपाध्यक्ष विकास पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्