२० बैशाख २०८१, बिहीबार

 

बागलुङ नगरपालिकाद्वारा सहिद पार्कमा सरसफाई अभियान संचालन

बागलुङ । बागलुङ नगरपालिकाको आयोजना तथा विभिन्न संघसंस्थाहरुको संयोजनमा बागलुङ नगरपालिका १ सहिद पार्कमा सरसफाइ गरिएको छ। प्रत्येक शनिबार सरसफाई अभियान चलाइको बागलुङ नगरपालिकाले आज सहिद पार्क, एसियाकै लामो झोलुंगे पुल र बाङ्गोचौर क्षेत्रमा सरसफाई गरेको होे ।

यो अभियान केही साता निरन्तर अगाडि बढ्ने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताउनु भयो।

अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी तथा बागलुङमा क्रियाशिल विभिन्न लायन्स क्लव इन्टरनेशनल ३२५ के र जे नेपाल अन्तर्गतका लायन्स तथा लियो क्लवका सदस्यहरु, रोटरी क्लब अफ बागलुङका सदस्यहरु, विभिन्न विद्यालयका शिक्षकहरु, बहिरा विद्यालयका विद्यार्थीहरु, बागलुङ बजारका व्यवसायी र सामाजिक अगुवाहरुले साथ दिएका हुन् ।

सफाइ अभियानले लामो पुलमा घुम्न आउने पर्यटकका लागि पनि आर्कषण बढ्ने छ। यो अभियान निरन्तर चलिरहेने लायन्स क्लब अफ धौलागिरि, बागलुङका रिजन चियर पर्सन निर्माण कुमार श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्