२ जेष्ठ २०८१, बुधबार

 

धौलागिरि गण्डकी यातायात सेवाको अध्यक्षमा पुनः उमेश केसी

बागलुङ । धौलागिरि गण्डकी यातायात सेवा प्रा.लि.को अध्यक्षमा पुनः उमेश केसी चयन हुनु भएको छ । सोमबार बागलुङमा भएको दोस्रो अधिवेशनले केसीको अध्यक्षतामा ११ सदस्यिय सञ्चालक चयन गरेको हो ।

सञ्चालक समितिको सदस्यहरुमा उमाकान्त शर्मा ‘बाबु’, राजिन्द्र श्रेष्ठ, राजन जोशी, घनश्याम कुमाल, हेम शर्मा पौडेल, थम प्रसाद शर्मा, ओम गिरी, गोपाल केसी, बाबुराम दाहाल र रेशम कुमारी अधिकारी रहेका छन् ।

धौलागिरि गण्डकी यातायात सेवा प्रा.लि. बागलुङको चौंथो साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै बागलुङ नगरपालिकाकानगर प्रमुख बसन्तकुमार श्रेष्ठलले यातायाताको क्षेत्रलाई प्रभावकारी र रोजगारीका क्षेत्रलाई मर्यादित बनाउन आग्रह गर्नु भयो । तालिम प्राप्त जनशक्ति नहुँदा, श्रमको मूल्य नपाउँदा र कामको सम्मान नहुँदा युवाको विदेश पलायन बताउनु भयो ।

नगर प्रमुख श्रेष्ठले सवारी चालकले गुरुको मर्यादा राख्न सक्नुपर्ने बताउनु भयो । चालकलाई यात्रुले गुरुको उपमा दिने तर चालकले त्यसको मर्यादा राख्न नसके दुर्घटना बढ्ने उहाको भनाई छ ।

कार्यक्रममा पृथ्वी यातायात सेवा प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसी ,बागलुङ नगरपालिका वडा नं. १ का अध्यक्ष जय बहादुर खत्री, वडा नं. २ का अध्यक्ष सुरज बोसेल, वडा नं. ३ का अध्यक्ष सनि केसी, पर्वतको जलजला गाउँपालिका–८ का अध्यक्ष विकास जिसी, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख योगेन्द्र कुमार खड्का, धौलागिरि गण्डकी यातायात सेवा प्रालिका पूर्वअध्यक्ष कृष्ण शंकर श्रेष्ठ, बागलुङ भगवती यातायात प्रालिका अध्यक्ष भुपेन्द्र खड्का, नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव तारानाथ आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशन तथा साधारणसभाले अध्यक्ष उमेश केसीको प्रगति प्रतिवेदन तथा कार्यक्रम र प्रबन्ध सञ्चालक राजन जोशीको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ । यातायात व्यवसायको क्षेत्रलाई अनुसाशित, युग सुहाउँदो र मर्यादित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । देशको कुल राजश्वको प्रमुख भाग ओगट्ने यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण र आफैमा रहेका समस्याको सुधार आवश्यक रहेकोमा सरोकारवालाको जोड थियो ।

प्रालिका अध्यक्ष उमेश केसीको अध्यक्षता, सञ्चालक उमाकान्त शर्मा ‘बाबु’को स्वागत र प्रबन्ध सञ्चालक राजन जोशीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।अधिवेशन तथा साधारणसभाले अध्यक्ष उमेश केसीको प्रगति प्रतिवेदन तथा कार्यक्रम र प्रबन्ध सञ्चालक राजन जोशीको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्