२५ बैशाख २०८१, मंगलवार

 

जेसीज फुटसल प्रतियोगितामा बैंकर्स बागलुङ विजयी

बागलुङ — बागलुङ जेसीजले आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधि बैंकर्स विजयी भएको छ ।

बिहीबार भएको फाइनल खेलमा बैंकर्स बागलुङले लियो क्लब अफ कालिगण्डकीलाई ६–३ ले हराएको हो ।फुटसल प्रतियोगिताको फाइनल प्रवेशका लागि कालिगण्डकीले नेपाल पत्रकार महासंघ बागलुङलाई र बैंकर्सले बागलुङ नगरपालिकालाई पराजित गरेको थियो ।

प्रतियोगितामा आठ टिमले भाग लिएको थियो । प्रतियोगितामा क्वार्टरफाइनल यात्रा गर्दा नेपाल पत्रकार महासंघ, बागलुङले आयोजक जेसीजकै ‘बी’ टिमलाई, बैंकर्सले बागलुङ नगरपालिकालाई र बागलुङ जेसीजले लियो क्लब अफ् बागलुङलाई पराजित गरेर क्वाटरफाइनल यात्रा तय गरेको थियो ।

बागलुङ जेसीजले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत स्लो बाइक रेस प्रतियोगिता, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता, भाषण कला तालिम र युवाको हाइकिङ कार्यक्रम सञ्चालन गरेको अध्यक्ष सौरभ श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

भोलि बागलुङ जेसीज सप्ताह अन्तर्गत समापन समारोह रहेको छ ।

प्रतिक्रिया दिनुहोस्