वर्षाले बागलुङ बजारमा एक घर भत्किएको छ। गएराति परेको वर्षाका कारण बागलुङ नगरपालिका–१ मरेपिपलका भगवती सापकोटाको घर भत्किएको हो । नगरपालिकाले नाली निर्माणको क्रममा खनिएको जगमा वर्षाको असर गरेपछि घर भत्किदा सापकोटाको परिवार विस्थापित भएको छ ।
दुईतले कच्ची घर भत्किपछि छिमेकीको घरमा आश्रय लिएर बसेको सापकोटाले बताउनुभयो । आर्थिक अवस्था न्यून रहेको सापकोटाको परिवार विस्थापित भएपछि बागलुङ नगरपलिकाले घर निर्माणमा सहयोग पु¥याउने आश्वासन दिएको छ ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भत्किएको घरको स्थलगत अनुगमन गरि विपन्न समुदायलाई घर बनाउन विपद् शाखा मार्फत सहयोग गरिरहेको भन्दै सापकोटाको घर निर्माणमा बागलुङ नगरपालिकाको क्षमता अनुसार सहयोग गर्ने गरी कार्यपालिका बैठकमा लैजाने बताउनुभयो ।
बागलुङ नगरपालिकाका इन्जिनियर तथा विपद् शाखाका संयोजक गौरव शर्माले नगरपालिकाले नाली विस्तार गर्नेक्रममा कच्ची घरभित्र वर्खाको पानी परेका कारण घर भत्किएको बताउदै क्षतिपूर्तीको मुल्याङकन अनुसार घर बनाउन सहयोग गर्ने बताउनुभयो । बागलुङ नगरपालिकाले मरेपिपलमा सडक अतिक्रमण भएका संरचना हटाउने तथा सडक र नाली निर्माण गर्ने कार्य गरिरहेको थियो ।





















































































































































































































