१७ बैशाख २०८१, सोमबार

 

चाडपर्व लक्षित गरी सवारीसाधनमा छड्के जाँच

बागलुङ । दशैं नजिकिएसँगै बागलुङ नगरपालिका वडा नं १- मालढुङ्गा नाकामा सवारी साधनको चेकजाँचलाई कडाई गरिएको छ ।

चाडपर्व नजिकिएसँगै यातायातका साधनमा हुँन सकने भीडभाड, बढी भाडा असुल्ने र मापसे गरेर सवारी चलाउने लगायतको गतिविधिलाई रोक्न बागलुङ जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गामा सोमबार जिल्ला स्तरीय अनुगमन समितिले मालढुङ्गामा छड्के रुपमा सवारी साधन चेकजाँच गरेको हो ।

चाडवाडको समयमा यात्रुबाट बढी भाडा असुलेको, क्षमता भन्दा बढी यात्रु बोकेको, मापसे गरेर सवारीसाधन चलाएको जस्ता गुनासोलाई न्यूनिकरण गर्दै दुर्घटना रहित यात्रा गराउनका लागि छड्के चेकिङ गरिएको हो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसी, सशस्त्र प्रहरी नायव उपरीक्षक रविन अधिकारी, बागलुङ नगरपालिकाका ईन्जिनियर गौरव शर्मा, धौलागिरि यातायात प्रालिका अध्यक्ष उमेश केसी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कोषाध्यक्ष शुभाष गौतम, राष्ट्रिय उपभोक्ता मन्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नागरिक समाज लगायतको सहभागितामा सवारीसाधन चेकजाँच गरिएको हो ।

चेक जाँचका क्रममा रातो नम्मर प्लेट भएको सवारी साधनले यात्रु बोकेको, सवारी चालक अनुमती पत्र लाइसेन्स नभई सवारी साधन चलाएको, सवारीसाधनको नविकरण गुज्रेको फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्