४ जेष्ठ २०८१, शुक्रबार

 

उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शाक्यद्वारा जन्म दिनको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यले जन्म दिनको अवसरमा विपन्न वालवालिकालाई सहयोग गर्नुभएको छ ।

बागलुङको निसिखोलाका ६ भल्कोटका हर्कबहादुर घर्ती मगरकी श्रीमतीको मृगौला फेल भएर मृत्यु भएपछि समस्यामा परेका घर्तीसहित ४ वालवालिकालाई शाक्यले खाद्यान्न सहयोग गर्नु भएको हो ।

३ वर्ष पहिले श्रीमतीको उपचारको क्रममा निधन भएपछि ४ जना वालवालिका समाल्दै आएका घर्तीले गाउँमा मजदुरी गरी जनतन बच्चाहरुको विहान वेलुकाको छाक टार्दै आएका छन् । आर्थिक अवस्था अत्यन्तै नाजुक भएका घर्तीको श्रीमतीको निधन भएपछि घर सम्हाल्ने मानिस नहुँदा ४ सन्तानको साह्रै बिचल्ली भएको छ ।

घरमा खाने खर्चको जोहो गर्न दिनभरी काममा जाने र ११ वर्षीय आशा घर्तीले घरको कामका साथै ३ भाइ बैनीको हेरचार गर्दै आइरहेकी छन । काठले छाएको सानो घर पानी पर्दा समेत चुहिने गरेको छ ।

आमाको निधन भएपछि बावबालिकाको विचल्ली भएको सामाजिक सञ्जालमा देखेपछि विपन्न बालबालिकाहरुलाई सहयोग गरेर जन्म दिन मनाउने मनसायले यामु पौवी मार्फत सहयोग पठाइएको राजन कुमार शाक्यले बताउनु भयो ।

शाक्यले ५८ औं जन्म दिनको अवसरमा ५ हजार १ सय बरावरको खाद्यान्न सहयोग गरेको बताउनु भयो ।सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ बालवालिकालाई सहयोग गरिएको र आउने दिनमा पनि समस्यामा परेकालाई सहयोज गर्ने शाक्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्