५ जेष्ठ २०८१, शनिबार

 

राहत सामग्रीसहित सहायक प्रजिअ बरालको टोली जाजरकोट जाँदै

बागलुङ । भूकम्प प्रभावितका लागि राहत सामग्री उपलब्ध गराउन बागलुङबाट सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको नेतृत्वको टोली सोमवार जाजरकोट जाने भएको छ । बागलुङमा संकलन भएको राहत सामग्री र नगद सहित टोली सोमबार जाजरकोट जाने भएको हो ।

जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत जिल्ला प्रशासन कार्यालय, बागलुङ, बागलुङ उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी बागलुङ, बागलुङ जिल्लाका दशवटै स्थानीय तहको समन्वय तथा सहकार्यमा बागलुङ जिल्लामा स्थित व्यवसायीक तथा वस्तुगत संघ, तथा विभिन्न संघसस्थाहरुबाट प्राप्त सहयोग लिएर जाजरकोट जाने भएको छ ।

शुक्रबार राती जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण प्रभावित जनतालाई आर्थिक लगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीलगायत अत्यावश्यक सामग्री सहयोग गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल, वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य लगाएतको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर सहयोग हस्तान्तरण गर्ने भएका हुन् ।

शुक्रवार राति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण त्यस क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ । भूकम्प प्रभावित जनताको सहयोगका लागि उद्योग वाणिज्य सङ्घले आफ्नातर्फबाट पनि सहयोग संकलन गरिरहेको अध्यक्ष कँडेलले नयाँ विश्वलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्