१७ बैशाख २०८१, सोमबार

 

नाडाको साधारणसभा पुस २० र २१ गते काठमाडौंमा, को बन्ला नयाँ अध्यक्ष ?

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४७ औं साधारण सभा तय भएको छ । साधारण सभा पुस २० र २१ गते काठमाडौंमा हुने भएको छ।

साधारणसभाले आगामी दुई वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ। साधारण सभाबाट एक अध्यक्ष, १७ जना कार्यसमिति सदस्य, ७ जना प्रदेश अध्यक्ष निर्वाचित हुनेछन्। निर्वाचित सदस्यहरू मध्येबाट पदाधिकारीको निर्वाचन हुने विधानमा व्यवस्था रहेको छ ।

व्यवसायीहरुले केही दिनमानै आफ्नो फरक फरक प्यानल सहित उमेद्वारी घोषणा गर्ने तयारी गरिरहेका छन्। नाडा अटोमोबाइल्स एशोसिएसनको ३२०० मतदाता रहेका छन्।

हालसम्म नयाँ नेतृत्वको लागि तीन वटा समूहबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । चुनावको माहोल तातेको बेला र नयाँ नेतृत्वको चर्चा चुलिएको बेला हालसम्म कसैले पनि औपचारिक रूपमा अध्यक्ष पदका लागि उमेद्वारी घोषणा गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्