२२ बैशाख २०८१, शनिबार

 

ढोरपाटन घुम्न गएको जिप दुर्घटना : मृतक दुई जनाको सनाखत

काठमाडौं । बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटना भएको छ । शनिबार बुर्तिबाङ बजारबाट ११ जना यात्रुलाई लिएर ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप ढोरपाटन नगरपालिका – ५ प्याङखोलामा दुर्घटना भएको हो । जिपमा सवार सबै यात्रुहरू काठमाडौंबाट ढोरपाटन घुम्नका लागि बुर्तिबाङ पुगेर जिप रिर्जभ गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक बाबु केसीका अनुसार जिपमा सवार मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गाडी चालक ढोरपाटन नगरपालिका खुंगाका २७ वर्षीय तिलक घर्ती र काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका १० की २८ वर्षीया संगिता अधिकारी गैरे रहेका छन् ।

दुर्घटना परी घाइते भएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । अन्य ३ जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

उनीहरूको बुर्तिबाङ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाउने तयारी भइरहेको प्रदेश सांसद दिलमाया पैवीले जानकारी दिइन् ।दुर्घटनाको कारण खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्