२० बैशाख २०८१, बिहीबार

 

१२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बागलुङ। बागलुङमा १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बागलुङ नगरपालिका १ बाङगेचौरमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा, जिल्ला समन्वय प्रमुख अमर थापा र जिल्ला खेलकुद विकास समिति, बागलुङका अध्यक्ष कुमार खड्काले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति, बागलुङका अध्यक्ष कुमार खड्काको अध्यक्षता, स्वागत उपाध्यक्ष समीक्षा थापाले र संचालन सदस्य ज्ञानेन्द्र ढकालले गर्नु भएको थियो ।

दुर्ई दिनसम्म चल्ने खेलमा ६ विधाका विभिन्न खेल हुनेछन् । उनीहरुले ६६ वटा इभेन्टमा २ सय ३४ पदकका लागि प्रतिष्पर्धा गर्ने छन्। प्रतियोगितमा दशै वटा पालिकाका विद्यार्थीको सहभागिता रहेको छ । खेलमा ६६ स्वर्ण, ६६ रजत र १ सय २ वटा कास्य पदक वितरण हुनेछन् ।

पहिलो दिनको खेलमा छात्र भलिबलका चार खेल सम्पन्न भएका छन् । ती खेल मध्ये पहिलो खेलमा ढोरपाटन नगरपालिकालाई सोझो सेटमा हराएर ताराखोला गाउँपालिका विजयी भएको छ । दोश्रो खेलमा निसीखोलाले बागलुङ नगरपालिका, तेस्रो खेलमा बडिगाडलाई हराएर काठेखोला दोश्रो चरणमा प्रवेश गरेका छन् ।

त्यस्तै शुक्रवार भएको १ हजार ५ सय मीटर दौड प्रतियोगिता सम्पन्न भएका छन् । छात्र तर्फ काठेखोलाका बादल कार्कीले निर्धारित दुरी ४ मीनेट ४० सेकेण्डमा पार गरेर प्रथम भएका छन् । उनले स्वर्ण पदक पाए । खेलमा बडिगाड गाउँपालिकाका मनिष पुनले रजत र बागलुङ नगरपालिकका रवी विकले कास्य पदक पाए ।

छात्रा तर्फको १ हजार ५ सय मीटर दौडमा निसीखोलाकी शर्मिला विकले ५ मिनेट ३३ सेकेण्डमा निर्धारित दुरी पार गरेर प्रथम भइन् । उनले स्वर्ण पदक हात पारिन् । ताराखोलाकी मनिषा घर्तीले रजत र बागलुङ नगरपालिकाकी मनिषा दर्जीले कास्य पदक पाइन् ।

शनिवारै कबड्डी, छात्रा भलिबल लगायतका खेल पनि शुरु भएका छन् । बागलुङ जिल्लाका १० पालिकाका ४ सय ५० भन्दा बढि विद्यार्थी खेलाडी सहभागि रहेको र आज भएको छात्रा तर्फको १०० मिटर दौड प्रतियोगितामा बरेङ गाउँपालिकाका सविता क्षेत्री तृतिय हुन सफल भएका छन् ।

छात्र तर्फका ज्याभलिङ थ्रो प्रतियोगितामा सुमन श्रीस द्वितिय र छात्रा तर्फको लमजम्प प्रतियोगितामा अनुषा पुर्जा द्वितिय स्थान प्राप्त गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्