बागलुङ । लायन्स क्लब अफ बागलुङ युनियनका कोषाध्यक्ष चुडामणि सापकोटाको छोरीे संम्पदा सापकोटाको जन्म दिनको उपलक्ष्यमा मानव सेवा आश्रमको भवन निर्माणको लागि ६१ बोरा सिमेन्ट सहयोग गर्नु भएको छ ।
शुक्रबार लायन्स क्लब ३२५ के नेपालकी डिष्ट्रिक गर्भनर सुचित्रा थापा, क्लबका अध्यक्ष प्रेमबहादुर जिसी र कोषाध्यक्ष चुडामणि सापकोटाले मानव सेवा आश्रमकी शाखा प्रमुख विपना तामाङलाई हस्तान्तरण गर्नु भएको हो ।



सापकोटाले ४३ हजार रुपैयाँको सिमेन्ट र भोजनको लागि दश हजार विस रुपैयाँ उपलब्ध गराउनु भएको हो । मानव सेवाको लागि क्लबका कोषाध्यक्ष सापकोटाले गर्नु भएको योगदानले नयाँ पुस्तालाई सकरात्मक सन्देश जाने डिष्ट्रिक गर्भनर सुचित्रा थापाले बताइन् ।
व्यवसायी चुडामणि सापकोटाले शिक्षा, जनस्वास्थ्य र धार्मिक क्षेत्रमा आर्थिक भौतिक सहयोग गर्दै आएका छन् ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ युनियनका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा, जोन चियर पर्सन नारायण प्रसाद आचार्यको स्वागत र सचिव लक्ष्मण कार्कीको संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































































