१५ बैशाख २०८१, शनिबार

 

गृह सचिवमा एकनारायण अर्याल

काठमाडौं । एकनारायण अर्यालको गृह मन्त्रालयको सचिवमा सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई गृह सचिवमा सुरूवा गर्ने निर्णय गरेको हो।

उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भएका हुन् । गृहसचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ।

गृह सचिव भएका अर्यालले प्रधानमन्त्री कार्यालयअघि श्रम सचिवका रुपमा काम गरेका थिए ।

उनी गृह प्रशासनमा लामो समय प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका कर्मचारी हुन् ।सत्ता गठबन्धन परिवर्तन भएसँगै सरकारले सचिव परिवर्तन गरेको हो।

प्रतिक्रिया दिनुहोस्