२१ बैशाख २०८१, शुक्रबार

 

ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराउँदै बागलुङ समाज

काठमाडौं । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले ज्येष्ठ नागरिकमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ ।शनिबार बागलुङ समाजले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान र तीर्थयात्रासम्मको काम गरेर ज्येष्ठ नागरिकको मन जित्ने प्रयास गरिरहेका छन् ।

बागलुङ समाजका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ललितपुर जिल्लाको भद्रकालि, कार्यविनायक, मुक्तिनाथ धाम, विसंखुनारायण र गोदावरी कुण्डको दर्शन र तीर्थयात्रा गराइएको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले नयाँ विश्वलाई बताइन् । तीर्थयात्रामा समाजका ९६ जना सदस्यहरुको सहभागिता थियो ।

उक्त तिर्थयात्राको खर्च छोराहरु प्रेमलाल शाक्य, सूर्यलाल शाक्य, वैकुण्ठलाल शाक्य, श्रवणलाल शाक्य, छोरीहरु डम्बर कुमारी शाक्य, मानकुमारी शाक्य र चमेली शाक्यले आफनो बुबा र आमाको स्मृतिमा स्थापना गर्नु भएको मोति-इन्द्र स्मृति कोषबाट भएको थियो । समाजले विगत वर्षहरुदेखि नै ज्येष्ठ नागरिकहरुलाई धार्मिक क्षेत्रको अवलोकन तथा तीर्थाटन गराउदै आएको छ ।

समाजका ज्येष्ठ नागरिक तीर्थयात्रा र सम्मान कार्यक्रमअन्तर्गत धार्मिक यात्रा गराइएको समाजका सचिव किस्मत मणि श्रेष्ठले जानकारी दिनुभयो ।

बागलुङ समाजले सामाजिक सेवाका साथै भविष्यमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र अन्य धार्मिक गन्तव्य स्थलमा तीर्थयात्रा गराउने कार्यक्रम रहेको समाजकी अध्यक्ष रसुमिला श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस्