१६ बैशाख २०८१, आईतवार

 

अर्ना जेसीज कप : बागलुङ सुधार केन्द्र र श्रीमेयर गण सेमिफाइनलमा प्रवेश

बागलुङ । बागलुङमा जारी अर्ना दोस्रो जेसीज फुटबल प्रतियोगिता २०२४ अन्तरगत मंगलवार दुई क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।

बागलुङ जेसीजको आयोजनामा फागुन २७ गतेदेखि चैत २ गतेसम्म संचालन हुने गरि शुरु भएको प्रतियोगिताको चौथो दिन दुई क्वाटर फाइनलका खेल सम्पन्न भएका हुन् ।

बगलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा जारी प्रतियोगिताको चौथो दिन भएको पहिलो क्वाटर फाइनलको खेलबाट बागलुङ सुधार केन्द्र र दोस्रो क्वाटर फाइनलको खेलबाट साविक विजेता श्रीमेयर गण सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बागलुङ सुधार केन्द्रले गुठी युनाइटेडलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समयमा गोल रहित बरावरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

त्यस्तै श्रीमेयर गणले म्याग्दी जिल्ला फुटवल संघलाई एकका विरुद्ध २ गोल गर्दै विजयी भएको हो ।

प्रतियोगिताको पाँचौ दिनको पहिलो क्वाटर फाइनल खेल बुधवार रुद्रेपिपल युवा क्लव विरुद्ध वुद्धचित्त आर्युवेद र दोस्रो खेल धौलागिरि बुहुमुखी क्याम्पस विरुद्ध आदर्श स्पोर्र्र्ट क्लवका बीच हुने बागलुङ जेसीजका सह–कोषाध्यक्ष प्रवेश शर्माले जानकारी दिनुभयो ।

तस्बिर ढोरपाटनबाट

प्रतिक्रिया दिनुहोस्