१५ बैशाख २०८१, शनिबार

 

बागलुङ भगवती यातायात सेवा प्रालिको आठौं वार्षिक साधारण सभा सम्पन्न

बागलुङ । बागलुङ भगवती यातायात सेवा प्रालिको आठौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले सार्वजनिक यातायातलाई व्यवस्थीत एवं मर्यादित बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

सरकार व्यवसायीको हक हितमा रहेको बताउदै व्यवसायीका समस्या व्यवसायीक संघ संगठलने एकमुष्ट रुपमा सरकारमा लैजानुपर्ने धारणा राख्नु भयो । यातायात व्यवसायी महासंघलाई जिल्ला जिल्लामा भन्दा पनि समग्र समस्याहरु सरकार समक्ष जोडदार रुपमा टेवुल गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला ९सरोज०ले यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित राख्न चुनौती रहेकै बेला सरकारका विभिन्न अपुरा नीतिका कारण व्यवसायीहरु मारमा रहेको बताउनु भयो। सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने नाममा अनुसन्धान बिना कम्पनीमा रुपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र थप धरासायी भएको उल्लेख गर्नुभयो ।

यातायात व्यवसायीहरु एक हुनुको विकल्प नरहेको भन्दै नीजि क्षेत्रको लगानीको संरक्षण र यातायात क्षेत्रलाई व्यवस्थित गर्न सरकार जिम्मेवार नभएको बताउनु भयो ।

राजनैतिक व्यक्तिहरु सडकमा हुँदा ठुला ठुला भाषण गर्ने तर नीति निर्माणका तहमा पुगेपछि सिंह बन्ने प्रवृतिकै कारण यातायात क्षेत्रलाई नेपाल सुहाउँदो बनाउन नसकिएको र विभिन्न बहानामा व्यवसायीहरुबाट हुने असुलीले व्यवसाय नै ध्वस्त भएको बताए ।

कार्यक्रमा बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले देश विकासको मेरुदण्डनै यातायात क्षेत्र रहेको भन्दै हरेक कुना कुनामा सेवा प्रवाह गर्नु महत्वपूर्ण रहेको बताउनु भयो । सवारी चालकलाई सडक सुरक्षामा ध्यान दिन आग्रह गर्दै नियम संगत सेवा संचालन गर्दै गर्दा सुरक्षा क्षेत्रबाट अनावश्यक दुख दिएमा सिधै आफूृलाई खबर गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसी,यातायात मजदूर तथा व्यवसायी भलाई कोषका अध्यक्षमा दिनेश फुल्लेल, बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सुरज वोसेल, प्रालिका कानुृनी सल्लाहकार शिव कँडेल, प्रेस सल्लाहकार सुवास आचार्य लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा भगवती यातायात सेवा प्रालि बागलुङका उत्कृष्ट कर्मचारी, बस, माइक्रोबस र जिप चालक र कर्मचारीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रम बागलुङ भगवती यातायात सेवा प्रालिका अध्यक्ष भुपेन्द्र खड्काको अध्यक्षता, सस्थापक अध्यक्ष ओम बहादुर खड्का शिवको स्वागत र कोषाध्यक्ष राजकुमार पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

साधारण सभाले प्रगति तथा प्रस्तावित वार्षिक कार्यक्रम र कोषाध्यक्ष राजकुमार पौडेलको आर्थिक प्रतिवेदन सर्वसम्वत रुपमा पारित गरेको छ । आठौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन पुन भुपेन्द्र खड्काको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति तयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्