२२ बैशाख २०८१, शनिबार

 

अटो रिक्सा दुर्घटनामा घाईते २ जना डिस्चार्ज, चालक फरार

बागलुङ । बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा घाईते मध्ये २ जना डिस्चार्ज भएका छन् ।

बागलुङ बजारदेखि दोविल्ला तर्फजाँदै गरेको ध १ ह ७५ नम्बरको अटोरिक्सा बागलुङ नगरपालिका-३ रातमाटामा दुर्घटना हुँदा घाइते बागलुङ नगरपालिका ३ का वर्ष २४ की सम्झना किसान र उनकी ५ वर्षीया छोरी साचि किसान डिस्चार्ज भएका हुन् ।

उनीहरुको धौलागिरि अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । घाईते मध्ये बागलुङ नगरपालिका ३ रातामाटाका रोहिणिदत्त शर्मालाई पोखरा रिफर गरिएको छ ।

६८ वर्षीय शर्माको धौलागिरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको धौलागिरि अस्पतालका सूचना अधिकारी शान्ती भण्डारीले जानकारी दिनु भयो ।

दुर्घटनामा परी घाइते बागलुङ नगरपालिका-३ तातोपानी बस्ने वर्ष ४५ की रेवती किसान र कास्की जिल्लाको मादी गाउँपालिका १२ बस्ने वर्ष ४८ का सन्त बहादुर परियारको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

अटो चालक भने फरार रहेकोले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी दीपक बाबु केसीले बताउनु भयो ।

तस्बिर:दिनेश जिसी

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्