१९ बैशाख २०८१, बुधबार

 

कालिका कपको उपाधि त्रिभुवन आर्मीलाई

बागलुङ । १० औं संस्करणको कालीका कप भलिबलको उपाधि विभागिय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । प्रतिद्वन्द्वी बागलुङ घुम्टे रेष्टुरेण्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

आर्मीले बागलुङ घुम्टेलाई २५–१८, २५–१२ र २५–२२ ले पराजित गर्यो । भारतीय खेलाडिहरु रजनिश सिंह, प्रशान्त पि। र नीतिश कुमारले खेलमा कुनै जादु देखाउन नसक्दा बागलुङ घुम्टे स्तब्ध बन्न पुग्यो । विजेता आर्मीले ३ लाख र उपविजेता बागलुङ घुम्टेले १ लाख ५० हजारमा चित्त बुझाउन बाध्य भयो ।

यस्तै, बिहीबार नै भएको तेस्रो स्थानको खेलमा कस्तुरी युवा क्लबले कालिका युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । कस्तुरी युवा क्लबले २५–२१, २५–२२ र २५–१२ ले आफ्नो पक्षमा पार्यो । कस्तुरीले १ लाख पुरस्कार प्राप्त गरेको भलिबल खेल संयोजक अर्जुन खड्काले जानकारी दिए ।

यस्तै, विधागत पुरस्कारमा पनि आर्मीका खेलाडीको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका शरण सामरी क्षेत्री बने ।

आर्मीका धनपति कुँवर उत्कृष्ट स्पाइकर, कप्तान हरि बहादुर भण्डारी उत्कृष्ट ब्लकर, सम्राट भण्डारी उत्कृष्ट सेटर र नरेन्द्र गिरी उत्कृष्ट प्रशिक्षक बनेका छन् । यस्तै, उत्कृष्ट सर्भर बागलुङ घुम्टेका राजनेश सिंह र उत्कृष्ट डिफेन्डर कस्तुरी युवा क्लबका निरज थापा घोषित भए ।

ढोरपाटनन्युजबाट

प्रतिक्रिया दिनुहोस्