२३ बैशाख २०८१, आईतवार

 

सिद्धार्थ चश्मा घरको नयाँ शाखा बालमन्दिर रोडमा

सिद्धार्थ आँखा क्लिनिक तथा चश्मा घरले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । विगत २२ वर्षदेखि बागलुङ जिल्ला सदरमुकामको धौलागिरी चोकबाट आँखा सम्बन्धि स्वास्थ्य सेवा प्रदान गरिरहेको क्लिनिकले आफ्नो नयाँ शाखा बालमन्दिर चोकमा विस्तार गरेको हो । शाखाको एक कार्यक्रमका बिच नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज बोसेलद्वारा उद्घाटन गरिएको हो ।

 

आधुनिक उपकरण, विज्ञ स्वास्थ्यकर्मी, सफल व्यवस्थापन अवधारणासहित धौलागिरी अस्पताल नजिकै आफ्नो सेवा विस्तार गरिएको क्लिनिकका प्रोप्राइटर मधुसूदनराज पाण्डेले बताए । क्लिनिकबाट बरिस्ट नेत्र सहायकद्वारा आँखा परीक्षण, उपचार एवं आवश्यक सम्पूर्ण प्रकारका चश्माहरुको बिक्रीवितरण लगायत आँखा सम्बन्धि सम्पूर्ण समस्याको उपचार गरिने क्लिनिकका सञ्चालक समेत रहेका बरिस्ट नेत्र सहायक सुजनराज पाण्डेले बताए ।

शाखा विस्तारले पछिल्लो समयमा व्यावसायिक क्षेत्रमा वितृष्णा बढिरहेको र युवाको विदेश पलायन भइरहेको अवस्थामा देशमै केही गर्नुपर्छ र यहीँ देशमा दुख गरेमा सम्भावना छ भन्ने सन्देश दिएको छ । २२ वर्षदेखि बुबाले सञ्चालन गर्दै आएको व्यावसायको क्षेत्रमै प्राविधिक अध्ययन सकेर शाखा विस्तार सँगै आँखा सम्बन्धि आधुनिक प्रविधिको प्रयोगसँगै सेवा विस्तार गरेको वरिष्ट नेत्र सहायक सुजनराज पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्