४ जेष्ठ २०८१, शुक्रबार

 

नयाँ वर्षमा बजाजको मोटरसाइकल किन्दा १ लाख जित्न सकिने

बागलुङ। नयाँ वर्षको अवसरमा बजाजले आफ्ना मोटरससाइकल किन्दा १ लाख रुपैयाँ जित्नदेखि आकर्षक छुट पाइने योजना ल्याएको छ।

बजाज मोटरसाइकल बागलुङको लागि आधिकारिक विक्रेता शिव शक्ति अटोमोबाइलले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गर्दै यस्तो योजना ल्याएको हो।

बजाजको ‘नव आरम्भ’ योजनाअन्तर्गत ग्राहकहरूले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताहरूले रु। १ लाखसम्मको नगद उपहार पनि जित्न सक्ने कम्पनीको भनाइ छ।

यस्तै, ग्राहकहरूले उक्त योजनामा ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार इएमआई अफरमा बाइक खरिद तर्दा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउछ।

त्यति मात्र ग्राहकहरूले नभइ ३० ५ डाउन पेमेन्टमा मोटरसाइकल खरिद गर्न सकिने सञ्चालक शिव शंकर शाहले बताए ।

‘ग्राहकवर्गको आवश्यकतालाई बुझेर कम्पनीले यस योजनामा स्योर सट क्यास डिस्काउन्ट, कम किस्तामा इएमआई र डाउन पेमेन्टजस्ता अफरहरू लिएर आएका शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्