१५ कार्तिक २०८३, शनिबार

 

तमानखोलामा जातीय भेदभाव तथा छुवाछूतविरुद्धको सभा सम्पन्न

बागलुङ । तमानखोलामा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको संयुक्त वृहत सभा एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार तमानखोला गाउँपालिकाको आयोजनामा सञ्चालित कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि पौवीले दलित समुदायलाई अगाडी बढाउनको लागि राज्यको हरेक निकायमा दलितको प्रतिनिधित्व आवश्यक पर्ने बताउनु भयो । संविधानमा दलितका हक अधिकार लेखिए पनि व्यवहारमा परिवर्तनको लागि समाजमा रहेका हरेक समुदायको महत्वपुर्ण भूमिका रहने भन्दै गैरदलित पनि सचेत हुनु पर्ने बताउनु भयो ।

“एक हातले कहिले पनि ताली बज्दैन समाज परिवर्तनमा समाजमा रहने सबैको जिम्मेवारी रहन्छ समाजमा कसैलाई अन्याय परेको छ भने सबैले साथ सहयोग गर्नु पर्छ दलितको मुद्धा भनेको दलितको मुद्धा मात्र होईन यो समाजको नै मुद्धा हुनु पर्छ” प्रमुख अतिथि सांसद पौवीले भन्नु भयो । राज्यले दलित समुदायलाई लगानि गरेर राज्यका विभिन्न निकायमा पु¥याउनु पर्ने सांसद पौवीको भनाई छ ।

दलित समुदाय आफै शिक्षित बन्नु पर्ने,आर्थिक सवल हुनु पर्ने र यसले दलित समुदायलाई बलियो बनाउन सक्ने सांसद पौवीको विश्वास रहेको छ ।

कार्यक्रममा पूर्व मन्त्री विशेन्द्र पासवान,अधिवक्ता तथा अभियान्ता तेजिन्द्र थापा,सामाजिक अभियान्ता खगेन्द्र सुनार लगाएत प्रमुख वक्ताको रुपमा रहनुभएको थियो ।

वक्ताहरुले समाजमा विभेद अझै मौलाएको भन्दै यसलाई न्युनिकरण गर्न राज्य सत्ताको विशेष भूमिका रहने बताएका थिए । यो सामाजिक अपराध भएको भन्दै यसलाई हटाउनु पर्ने विचार राखेका थए । साथै कार्यक्रममा चर्चित कलाकार खेम सेन्चुरीको विशेष सांगितिक प्रस्तुति रहेको थियो ।

कार्यक्रममा तमानखोला गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष झक बहादुर बुढा,वडा नं ४ का वडा अध्यक्ष छवि सिर्पाली,ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विक।,नेपाली काग्रेसका नेता धर्मबहादुर घर्ति,नेकपा माओवादी केन्द्रका नेता झम प्रसाद विक, नेकपा एमालेका लिलबहादुर पुन लगाएतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता,उपाध्यक्ष हिरा कुमारी छन्त्यालको स्वागत र कर्मचारी मुना विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जातिय छुवाछुत तथा भेदभाव यो कुनै जात विशेषको मात्रै नभएर राज्यको समस्या भएको र यसको समाधान राज्यलेनै गर्नु पर्ने बताउनु भएको छ ।

उक्त अवसरमा पालिका भित्र रहेका ३ वटा माध्यमिक विद्यालय शान्ति माध्यमिक विद्यालय,धनगौज्योति माध्यमिक विद्यालय,र जनजागृति माध्यमिक विद्यालयका प्रतिनिधि विद्यार्थी बीचमा जातिय छुवाछुत न्युनिकरणमा स्थानिय तहको भूमिका विषयमा बक्तित्वकला प्रतियोगिता भएको थियो । साथै शान्ति बाल क्लवले जातिय छुवाछुत विरुद्धको नाटक समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung