बागलुङ । हनुमान नाँच संरक्षण परिषद, बागलुङको १५ औँ साधारण सभा र ५ औँ अधिवेशनले शनिबार पुन तिर्थ प्रसाद श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।
श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा युवराज राजभण्डारी, द्धितीय उपाध्यक्षमा मनोविज्ञान श्रेष्ठ, सचिवमा जय राजभण्डारी, कोषाध्यक्षमा तुल्सी नारायण भारी, सहसचिवमा सुजन श्रेष्ठ र सहकोषाध्यक्षमा राज कपुर श्रेष्ठ रहनु भएका छन् ।
साथै सदस्यहरुमा अजय मलेपती, केशव वझा, विकाश शाक्य, भिमसेन शाक्य, भुदर्शन श्रेष्ठ, देव कुमार श्रेष्ठ, रघुराम भारी,सुन्दर श्रेष्ठ, विदेश कुमार श्रेष्ठ, निलेश राजभण्डारी, इशान मलेपती, सुधिर श्रेष्ठ, सुसन मलेपती, उमेश राजभण्डारी रहेका छन् ।
अधिवेशनले ३५ वर्ष सेवा गरे वापत निर्वतमान सचिव ईश्वर प्रसाद श्रेष्ठलाई संरक्षक सदस्य चयन गरेको छ । साधारण सभाले सचिव ईश्वर प्रसाद श्रेष्ठको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तुल्सी नारायण भारीको आर्थिक प्रतिवेदन पारित गरेको छ
। कार्यक्रममा बागलुङ नगर पालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, हनुमान नाँच संरक्षण परिषदका संरक्षक परशुराम श्रेष्ठ, राम मन्दिरका सञ्चालक कृष्ण शंकर श्रेष्ठ, ओम शान्ती बागलुङकी दिदी सावित्री, वरिष्ठ अधिवक्ता काजि गाउँले श्रेष्ठ, नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम हनुमान नाँच संरक्षण परिषद, बागलुङका अध्यक्ष तिर्थ प्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष युवराज राजभण्डारीको स्वागत र सचिव ईश्वर प्रसाद मलेपतीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा परिषदमा अक्षय कोष राख्नु भएका र एक लाखभन्दा माथि सहयोग गरेका ११ जना दाताहरुलाई सम्मान गरिएको थियो । साथै हनुमान धर्मशालाको भौतिक निर्माणको लागि आर्थिक भौतिक सहयोग गर्नु हुने ३२ जना समाजसेवीहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
परिषदले २०७२ सालमा हनुमान नाँच नाच्ने ३० जना कलाकारहरुलाई आजिवन सदस्यता पनि प्रदान गरेको छ । हनुमान नाँच संरक्षण परिषद २०४६ भदौ १३ गते बागलुङ नगरपालिका ३ नारायण चोकमा स्थापना भएको थियो ।







































































































































































































