बागलुङ । लायन्स क्लब अफ धौलागिरि र लियो क्लब अफ धौलागिरिको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।
वर्ष २०२४ र २०२५ का लागि निर्वाचित अध्यक्ष गणेश महतोलाई निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पद हस्तान्तरण गर्नु भएको थियो ।
त्यस्तै लियो क्लव अफ धौलागिरिको २०२४ र ०२५ का लागि निर्वाचित अध्यक्ष सचिन हरिजनलाई निवर्तमान अध्यक्ष मनिष कँडेलले पद हस्तान्तरण गर्नु भयो ।
वर्ष २०२४ र २५ का अध्यक्ष महतोले आफ्नो कार्यभार ग्रहण गर्दै आफ्नो कार्यकालमा क्लबलाई थप उचाइमा लैजाने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक इन्टरनेशलन रिलेशन चिफ काजिमान गुरुङले क्लबलाई अझै बनाउँदै लैजानुपर्ने बताउनु भयो । धौलागिरिको पुरानो र इतिहास बोकेको क्लबलाई मानविय सेवा र सामाजिक सेवामा समर्पित गरायर अगाडी बढाउनुपर्ने बताउनु भयो । कार्यक्रममा रिजन चियर पर्शन नारायण प्रसाद आचार्य लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
पहिलो चरको कार्यक्रम वर्ष २०२३ र २०२४ का अध्यक्ष मुुकेशचन्द्र राजभण्डारीको अध्यक्षता र सचिव मनोज श्रेष्ठको संचालन तथा दोश्रो चरणको कार्यक्रम लायन वर्ष २०२४र२०२५ का नवनिर्वाचित अध्यक्ष गणेश महतोको अध्यक्षता र सचिव छम बहादुर कार्कीको संचालनमा सम्पन्न भएको थियो ।
द्धितिय उपाध्यक्ष राजेश भारीले स्वागत गर्नु भएको कार्यक्रममा धन्यवाद लियो क्लवका सौरभ केसी र झण्डाको अभिवादन नरेश पौडेलले गर्नु भएको थियो ।
























































































































































































