बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको दोस्रो चार्टर नाइट बागलुङ बजारमा आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा डिस्ट्रिक चियर पर्सन सुनीता श्रेष्ठ, डिस्ट्रिक चियर पर्सन मुकेशचन््रद्र राजभण्डारी, डिपार्टमेन्ट चिफ निर्माण कुमार श्रेष्ठ, रिजन चियर पर्सन नारायण आचार्य, जोन चियर पर्सन जुनु श्रेष्ठ, कोचिफ अनुप रिजाल, कोचिफ कविता बस्नेत, डिस्ट्रिक कोर्डिनेटर पार्वती अधिकारी, डिस्ट्रिक कोर्डिनेटर दुर्गा कुँवर र लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका डिस्ट्रिक इन्टरनेशनलका रिलेसन चिफ काजिमान गुरुङले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षता, स्वागत प्रथम उपाध्यक्ष प्रकृति राजभण्डारी र सचिव सृजना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ सदस्यहरुको नेतृत्व विकासका साथै शैक्षिक, धार्मिक, मानविय र सामाजिक सेवामा क्रियाशिल छ ।





























































































































































































































