बागलुङ । नेपाल विद्युत प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बागलुङमा वृक्षारोपण गरिएको छ ।
भदौ १ गते पर्ने वार्षिकोत्सवको सन्दर्भ पारेर विभिन्न कार्यक्रमको आयोजना गरेको नेपाल विद्युत प्राकिरण बागलुङ वितरण केन्द्रले बागलुङ नगरपालिका ३ स्थित पावर हाउस नोलाइट परिषरमा वृक्षारोपण गरेको हो ।
वार्षिकोत्सवलाई मध्य नजर गर्दै पावर हाउस परिसरमा अम्वा, आँप, एभोकाडो, बर्रो लगाएतका अन्य फलफुलका विरुवा रोपिएको नेपाल विद्युत प्राकिरण बागलुङ वितरण केन्द्रका प्रमुख इन्जिनियर पवन पौडेलले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरणको आफ्नै जग्गामा ७० वटा विरुवा रोपिएको पौडेलले बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा प्रदेश स्तरीय हाजिरी जवाफ, व्याडमिन्टन, चेस, टीटी लगाएतका प्रतियोगिता पनि संचालन हुने उहाँले जानकारी दिनुभयो ।















































































































































































































