बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको अवसरमा वृक्षारोपण गरिएको छ ।
शनिबार वार्षिकोत्सवको अवसरमा विभिन्न जातका ४० वटा विरुवाहरु रोपिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले नयाँ विश्वलाई जानकारी दिनु भयो ।
वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङ र गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बागलुङको सहकार्यमा बागलुङ नगरपालिका-१ स्थित गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बागलुङको परिसरमा वृक्षारोपण गरिएको थियो ।
पर्यावरण जोगाउन र सम्पूर्ण प्राणी जगतको रक्षाको लागि वृक्षारोपणको ज्यादै महत्व रहेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनु भयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक विजय यादव, प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवाल, गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बागलुङका प्रहरी निरीक्षक बाबुराम बस्नेतको उपस्थिति रहेको थियो ।
गत विहीबार वार्षिकोत्सवको उपलक्ष्यमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगरपालिका-३ गुठीको संयुक्त आयोजनामा जेष्ठ नागरिकहरुसँगको अन्तरक्रिया पनि गरिएको थियो ।
साथै बागलुङ नगरपालिका-४ कुँडुलेस्थित कुँडुले माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण र मानव सेवा आश्रम बागलुङमा आश्रम लिएर बस्नु भएका सहयोगापेक्षी मानवहरुलाई पनि फलफूल वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

















































































































































































































