बागलुङ । नेपाल निजामति कर्मचारी युनियनले स्थापना दिवसको अवसरमा मंगलबार बागलुङ नगरपालिका ४ निरयघाटस्थित रामानुज आश्रममा खाद्यान्न वितरण गरेको छ ।
युनियनको नेतृत्वमा नेपाली कांग्रेस बागलुङ नगर कमिटिका सभापति उमाकान्त शर्मा बाबु, प्रदेश कमिटिका सचिव टेक नारायण सुवेदी, सहसचिव आनन्द प्रसाद शर्मा, केन्द्रिय प्रतिनिधि देवप्रकाश घिमिरे सम्मिलित टोलीले आश्रममा खाद्यान्न वितरण गरेको नेपाल निजामति कर्मचारी युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्यले जानकारी दिए ।
आश्रमकी पुरुषोतम आमालाई दाल, चामल, आटा, तेल, सुजि, चिनी लगायतका खाद्यान्न र सरसफाइका सामग्रीहरु सहयोग गरिएको हो ।
नेपाल निजामती कर्मचारी युनियन जनताको सेवा, पेशागत हक हितसँगै मानविय सेवाका क्षेत्रमा पनि क्रियाशिल रहँदै आएको छ ।



















































































































































































































