३ श्रावण २०८३, आईतवार

 

यी हुन् निजामती पुरस्कारबाट पुरस्कृत हुने बागलुङका सापकोटासहित ४० कर्मचारी

काठमाडौं । ‘व्यावसायिक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ २१ औँ निजामती सेवा दिवस मनाउन लागिएको हो ।

सरकारले २१औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली समेत सार्वजनिक गरेको छ ।

बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गर्नुको साथै नामावली सार्वजनिक गरेको छ ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।

निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिन लागिएको हो ।

पुरस्कृत हुन लागेकोमा बागलुङ नगरपालिका-४ श्रीनगर टोल जन्म घर भएका गृह मन्त्रालयका उपसचिव कृष्ण सापकोटा पनि हुन् ।

सापकोटाले डिग्नीटी कलेज बागलुङका संस्थापक अध्यक्ष, गरिमा आवासिय माध्यमिक विद्यालय बागलुङका संस्थापक सचिव र अभियान बहुउद्देश्यीय सहकारीका संस्थापक अध्यक्षको रुपमा नेतृत्व गरेका थिए ।

यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरेको छ ।

 उत्कृष्ट निजामती सेवा पुरस्कार गर्ने १० जना कर्मचारीहरूमा रामचन्द्र दंगाल, शंकर बहादुर के.सी., राजु प्रसाद गुरागाईँ, सागर मिश्र, चूडाराज न्यौपाने, कृष्ण सापकोटा, चिरञ्जीवी नेपाल, आशा राई बुनु राना र निल बहादुर पुर्जा मगर रहेका छन् ।

यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा मित्र बराल, मोहन राई, शिव प्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ्ग, कफिल अहमद, श्याम कुमार यादव, गंगा दत्त भट्ट, सविता नकर्मी, र केशव राज पार्धे रहेका छन् । त्यस्तै वेद प्रसाद खनाल, प्रेम कुमार पोखरेल, शीतल सिंह उखेडा, कृष्णप्रसाद पौडेल,सुशीला सिंह, शिलुका लिंथेप, उदय प्रकाश लिम्बु, कृष्ण बहादुर खत्री, हेमन्ती साउँद र राम माया गुरुङले पनि निजामती सेवा पुरस्कार पाएका छन् ।

यस्तै निजामती पुरस्कार पाउने अन्य कर्मचारीहरूमा डा. पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्र प्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मान बहादुर दराई, जनक महत र टहल बहादुर जिरेल रहेका छन् ।

samman

2

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung