१५ कार्तिक २०८३, शनिबार

 

युवा उद्यमी ओमराज शर्मा र मिलन खत्री ‘युवा सम्मान’ बाट सम्मानित

बागलुङ । बागलुङ जेसीजको जेसीज सप्ताह २०२४ को अवसरमा दुई जना युवा उद्यमीहरु सम्मानित हुनु भएको छ ।

मंगलबार जेसीज सप्ताहको अवसरमा बानपा-७ का ग्रिनल्याण्ड बहुउद्देश्यीय कृषि फर्मका संचालक ओमराज शर्मा र बानपा-३ स्थित मिलन ट्याटु एण्ड आर्ट ग्यालरीका संचालक कलाकार मिलन खत्री युवा सम्मानबाट सम्मानित भएका हुन् ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालय अन्तरगत धौलागिरि बहुमुखी क्याम्पसका विद्यार्थी निरुता शर्मा पनि सम्मानित हुनु भएको छ ।उनी पोखरा जेसीजले आयोजना गरेको प्रदेश स्तरीय
वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी थिइन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय राना, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सौरभ श्रेष्ठ र सम्मानित व्यक्तित्व ओमराज शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

सप्ताहव्यापी कार्यक्रमको बारेमा मुल संयोजक एवम् कार्यकारिणी उपाध्यक्ष बलाराम कँडेलले जानकारी दिनु भएको थियो ।

कार्यक्रम बागलुङ जेसीजका शाखा अध्यक्ष गणेश महतोको अध्यक्षता र महासचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

७ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन सुरु गरिएको सप्ताहको दोस्रो दिन बुधबार होटल दि राजनमा शेयर बजार सम्मन्धी तालिम हुने भएको छ ।

प्रशिक्षक सुभाशचन्द्र भट्टराईले तालिम दिनु हुने बागलुङ जेसीजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung