काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड सहयोगस्वरुप उपलब्ध गराएको छ।
बैंक सञ्चालक समिति अध्यक्ष दिलीपकुमार ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित कार्यालयमा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
प्रधानमन्त्री ओलीले बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला राहत कोषमा प्राप्त सहयोगप्रति आभार व्यक्त गरेको बैंकले जनाएको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपहिरो प्रभावितलाई लक्षित गरेर सहयोग रकम उपलब्ध गराइएको प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बताए।



















































































































































































































