४ श्रावण २०८३, सोमबार

 

बस दुर्घटना अपडेट : पाँच जना घाइतेलाई धौलागिरि अस्पताल ल्याइदै

बागलुङ । मध्यपहाडी लोकमार्गको निसीखोलामा भएको बस दुर्घटनामा गम्भिर घाइते भएका पाँच जनालाई धौलागिरि अस्पताल रिफर गरिएको छ ।

बस दुर्घटनामा २६ जना घाइते भएपनि अन्यको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक आनन्द बस्नेतले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

घाइते २६ जना मध्ये जुम्लाका विनोद शाही, रुकुम पूर्वका पदम बुढा, रुकुम पूर्वकै निसा बुढा, जाजरकोटका अमृता विसी र काठमाण्डौका सुमन खड्कालाई धौलागिरि अस्पताल रिफर गरिएको बस्नेतले बताउनुभयो ।

रुकुमबाट काठमाण्डौ आउदै गरेको ना ८ ख ८४१४ नम्बरको बस ४० यात्रु सहित बागलुङ जिल्ला सदर मुकाम तर्फ आउदै गर्दा निसीखोला ६ जाउलेपानीमा दुर्घटना भएको थियो ।

तस्बिर : विनोद प्रतिक

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung