बागलुङ । आन्तरिक पर्यटन प्रवद्र्धनको लागि लियो क्लब अफ धौलागिरिले बागलुङ नगरपालिका-६ भिर्लाकुरी भिउ पोइन्टमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम आयोजना गरेको छ ।
पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले झण्डा राखिएको लियो क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष सचिन हरिजनले बताउनुभयो ।
कार्यक्रममा बानपा-६ का वडा अध्यक्ष रुद्रबहादुर केसी, वडा सदस्य शान्त नेपाली, लियो जिल्ला परिषद ३२५ के नेपाल सहसचिव सुनिल सापकोटाले मन्तव्य व्यक्त गर्नु भएको छ ।
कार्यक्रम लियो क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष सचिन हरिजनको अध्यक्षता, कोषाध्यक्ष सुन्दर आचार्यको स्वागत र क्लबका सचेतक विकल्प घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा क्लबका सदस्यहरु विगगम आचार्य ,निकेश क्षेत्री, सिद्धार्थ पौडेल, हरि पौडेल र शिव सुवेदीको उपस्थिति रहेको थियो ।













































































































































































































