बागलुङ । नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । इतहरीमा पुस ६ गतेदेखि पुस ८ गतेसम्म चलेको ५१ औँ राष्ट्रिय महाधिवेशनबाट सन् २०२५ का लागि श्रेष्ठ राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
चार जना राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको लागि ८ जनाको उम्मेदवारी परेको थियो । श्रेष्ठले ६ सय ८३ मत प्राप्त गरी विजयी भएका हुन् ।
२०१५ मा बागलुङ जेसीजको सदस्य बन्नु भएका सौरभ श्रेष्ठ, कोषाध्यक्ष, महासचिव, कार्यकारिणी उपाध्यक्ष, तालिम निर्देशक हुँदै २०२३ मा शाखा अध्यक्ष हुँदै राष्ट्रिय उपाध्यक्ष बन्नु भएको जेसीजका पूर्वअध्यक्ष सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।
आफूलाई विजयी गराउने सबै मतदाताहरुलाई धन्यवाद दिर्दै निर्वाचित श्रेष्ठले भन्नुभयो युवाको नेतृत्व सुनिश्चित गर्न, नेपाल जेसीजको संस्थागत विकास गर्न , धौलागिरि क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न र बागलुङ जेसीजको गरिमालाई उँचो राख्नका लागि आफू लागि पर्ने छु ।
यस्तै गणेश सापकोटा, एलिना महर्जन र कृष्ण सापकोटा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा विजयी भएका छन् ।
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन्।अध्यक्षमा थापाले ७६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४५३ मत मात्रै ल्याएका छन्।
राष्ट्रिय उपाध्यक्ष १२ जना निर्वाचित भएका छन्।
सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल निर्वाचित भएका हुन्।महासचिव, कोषाध्यक्षलगायत पद भने मनोनीत हुने व्यवस्था छ।













































































































































































































