बागलुङ । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन्।अध्यक्षमा थापाले ७६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४५३ मत मात्रै ल्याएका छन्।
इतहरीमा पुस ६ गतेदेखि पुस ८ गतेसम्म चलेको ५१ औँ राष्ट्रिय महाधिवेशनबाट सन् २०२५ का लागि थापा अध्यक्षमा निर्वाचित भएकी छन् ।
थापाले सन् २०१२ मा उपाध्यक्ष, सन् २०१३ मा कार्यकारिणी उपाध्यक्ष, सन् २०१४ मा कोषाध्यक्ष, सन् २०१५ मा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष, सन् २०१६ मा तालिम संयोजक, सन् २०१७ मा कार्यक्रम कार्यान्वयन संयोजक, सन् २०१८ मा विजनेश प्रमोसन संयोजक भएकी उहाँ सन् २०१९ मा मनहरा जेसीजको अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् । उहाँ दोस्रो पटकको प्रयासमा अध्यक्षमा निर्वाचित
भएकी हुन् ।
साथै नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।
चार जना राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको लागि ८ जनाको उम्मेदवारी परेको थियो । श्रेष्ठले ६ सय ८३ मत प्राप्त गरी विजयी भएका हुन् ।यस्तै गणेश सापकोटा, एलिना महर्जन र कृष्ण सापकोटा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा विजयी भएका छन् ।
राष्ट्रिय उपाध्यक्ष १२ जना निर्वाचित भएका छन्।सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल निर्वाचित भएका हुन्।
महासचिव, कोषाध्यक्षलगायत पद भने मनोनीत हुने व्यवस्था छ।














































































































































































































