बागलुङ । बागलुङ जिल्ला व्याडमिन्टन संघको वार्षिक साधारण सभाले उमेश केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
शनिबार बागलुङ बजारमा सम्पन्न साधारण सभाले केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । साथै समितिको उपाध्यक्षमा भुपाल कार्की, सचिवमा वीरबहादुर किसान, कोषाध्यक्षमा बलराम गौतम र सहसचिवमा गोपाल सापेकाटा रहनु भएको छ ।
समितिको सदस्यहरु भने चयन गर्न बाँकी रहेको छ । साधारण सभाको उद्घाटन जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले गर्नु भएको थियो ।
बागलुङ जिल्ला व्याडमिन्टन संघको खेलकुद गतिविधिले क्षेत्रीय र राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनमा सहयोग पुगेको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
कार्यक्रममा बागलुङ जिल्ला व्याडमिन्टन संघका पूर्वअध्यक्ष राजेन्द्र शाक्य र सल्लाहकार धौलागिरि यातायात सेवा प्रालि अध्यक्ष उमेश केसीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ जिल्ला व्याडमिन्टन संघका अध्यक्ष राजिन खड्काको अध्यक्षता, कोषाध्यक्ष भुपाल कार्कीको स्वागत र सचिव वीरबहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































