बागलुङ । ईलाइट मोटर्सको विद्युतीय सवारीको बागलुङमा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प हुने भएको छ ।
पोखरामा ओमोडा एन्ड जेइकोको ब्रान्डका सवारी साधन विक्री वितरण गरिरहेको ईलाइट मोटर्सले बागलुङमा दुई दिने एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प सम्पन्न गरेको छ ।
उक्त क्याम्प माघ १८ र १९ गते दि सिल्भर प्यालेस बानपा–४, उपल्लाचौरमा आयोजना गरिएको थियो ।
बराल ग्रुप अन्तर्गतको ’ईलाइट मोटर्स प्रा लि’ ले पोखरामा निसान, ओमोडा एन्ड जेइको र जिकर तथा ‘एसएसएल मोटर्स कम्पनी’ ले लिपमोटर र सिट्रोन ब्रान्डका सवारी साधन विक्री–वितरण गरिरहेको छ ।
सबै ब्रान्डको नेपालका लागि आधिकारिक वितरकको रुपमा शारडा ग्रुप र गोल्छा ग्रुप अन्तर्गतका विभिन्न कम्पनी रहेका छन् ।
दुई दिने कार्यक्रममा सहभागीहरूले सवारी साधनहरूको अवलोकन र टेस्ट ड्राइभ गरेका छन् भने तीन वटा सवारी साधन चार सवारीसाधन खरिदका लागि बुकिङ गरिएको छ ।
सहभागीहरूले यी सवारी साधनहरूको टेस्ट ड्राइभ गर्ने, आफ्नो पुरानो तथा हालको गाडी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनसको फाइदा उठाउने र प्रतिस्पर्धात्मक बैंक ब्याज दरमा ८० प्रतिशत सम्मको फाइनान्सिङ सहित ठाउँको ठाउँ वित्तीय सहजिकरण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको मेनेजर कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।
म्पमा सहभागीहरूलाई प्रख्यात गाडीका ब्रान्डहरूको नवीनतम मोडलहरूको उत्साह जनक टेस्ट ड्राइभका साथै बजारको उत्कृष्ट प्रतिस्पर्धात्मक एक्सचेन्ज अफरहरूको लाभ लिन एक महत्वपूर्ण अवसर प्रदान गरिएकोमा धेरैले विद्युतीय सवारी साधनहरु अवलोकन गरेका थिए ।
विभिन्न आधुनिक गाडीहरूको प्रदर्शन र टेस्ट ड्राइभबाहेक कार्निभलले अन्य आकर्षक र लाभदायी विशेषताहरू पनि प्रदान गरेको छ ।
भागीहरूले क्याम्प अवधिभर विशेष छुट, अफर तथा बजारमै प्रतिस्पर्धात्मक डिलको लाभ लिएका छन् ।
हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिजको, सुविधा र कम्प्लिमेन्टरी अटो प्लस इन्सुरेन्स पनि समावेश गरिएको छ ।
साथै विद्युतीय सवारी साधन खरिद गर्नेहरूलाई घरमा नै सहज चार्जिङका लागि निःशुल्क सात किलोवाटको वाल चार्जर प्रदान गरिनेछ ।















































































































































































































