१७ बैशाख २०८२, बुधबार

 

जेसीज कप : उपाधिका लागि आज गुठी र बागलुङ सुधार केन्द्र भिड्दै

बागलुङ । साविक विजेता बागलुङ सुधार केन्द्र र ग्रेस गुराँश गुठी युनाइटेड बागलुङमा जारी तेस्रो संस्करणको जेसीज कप फुटबलको फाइनलमा प्रवेश गरेका छन् ।

बागलुङ जेसीजको आयोजनामा जारी प्रतियोगिताको शुक्रबार भएको सेमिफाइनलमा बलेवा एफसीलाई पराजित गर्दै ग्रेस गुराँश गुठी युनाइटेड र पर्पल हेज÷एभिएमलाई ट्राइबेकरमा पराजित गर्दै साविक बिजेता बागलुङ सुधार केन्द्र फाइनलमा प्रवेश गरेको हो ।

शुक्रवार बिहान भएको पहिलो सेमिफाइन खेलमा बलेवा एफसीलाई ०–३ गोलले पराजित गर्दै र ग्रेस गुराँश गुठी युनाइटेडले पर्पल हेज÷एभिएमलाई ट्राइबेकरमा ३–४ गोल गर्दै साविक बिजेता बागलुङ सुधार केन्द्र फाइनलमा प्रवेश गरेको आयोजक बागलुङ जेसीजले जनाएको छ ।

ग्रेस गुराँश गुठी युनाइटेड र बागलुङ सुधार केन्द्र बिचको फाइनल आज खेल शनिबार दिउँसो २ बजे हुने छ । सेमिफाइनलबाट बाहिरीएका दुई टिम बलेवा एफसी र पर्पल हेज÷एभिएमले नगद १५÷१५ हजार प्राप्त गरेका छन् ।

खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी द्वितिय हुनेलाई १ लाख नगद पुरस्कारसहित ट्रफी र मेडल दिइने छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung