
बागलुङ । जिल्ला प्रशासन कार्यालय, बागलुङबाट सरुवा भएर जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीलाई विदाई गरिएको छ ।
धौलागिरि प्रादेशिक अस्पताल व्यवस्थापन समितिको आयोजनामा गृह मन्त्रालय सरुवा भई जान लाग्नु भएका समितिका सदस्य प्रमुख जिल्ला अधिकारी सुवेदीलाई शनिबार विदाई गरिएको हो ।
बागलुङ जिल्लामा रहदा जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह र विकास निर्माण कार्यमा गर्नुभएको सहजिकरणका लागि जिल्ला समन्वय प्रमुख तथा धौलागिरि प्रादेशिक अस्पताल बागलुङ व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले प्रमुख जिल्ला अधिकारी सुवेदीलाई धन्यवाद दिनु भएको थियो ।आफनो बागलुङ बसाईको क्रममा समन्वय र सहयोग गर्नु हुने सबैलाई सुवेदीले धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारी र अस्पताल बागलुङ व्यवस्थापन समितिका सदस्य लक्ष्मी बाँस्कोटाले पनि मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम धौलागिरि प्रादेशिक अस्पताल बागलुङ व्यवस्थापन समितिका अध्यक्ष अमर थापाको अध्यक्षता तथा अस्पताल प्रशासन प्रमुख सुरज मलेपतीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सुवेदीलाइै गृह मन्त्रालयले दश महिनाअघि बागलुङको प्रमुख जिल्ला अधिकारीमा सरूवा गरेर पठाएको थियो ।
बागलुङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा कुमान सिंह गुरुङलाई पठाएको छ । गण्डकी प्रदेशका सचिव रहेका गुरुङ गृहमा सरुवा पश्चात बागलुङको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको हो ।