१५ बैशाख २०८२, सोमबार

 

बागलुङमा निःशुल्क आँखा र दन्त शिविर सुरु

बागलुङ । बागलुङ बजारमा निःशुल्क आँखा र दन्त शिविर आइतबार सुरु भएको छ ।

रोटरी क्लब अफ ज्ञानेश्वर, रोटरी क्लब अफ बागलुङ, रोट्रयाक्ट क्लब अफ ज्ञानेश्वर र रोट्रयाक्ट क्लब अफ बागलुङको संयुक्त आयोजना र धौलागिरि प्रादेशिक अस्पताल, धौलागिरि आँखा अस्पतालको प्राविधिक सहयोगमा एक दिनको निःशुल्क आँखा र दन्त शिविर सञ्चालन भएको छ ।

निःशुल्क दन्त शिविर धौलागिरि प्रोदशिक अस्पतालमा र आँखा शिविर नेत्र ज्योति संघमा सुरु भएको हो । शिविर विहान दश बजेदेखि साँझ पाँच बजेसम्म सञ्चालन हुने भएको छ ।

शिविरको उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, रोटरी क्लब अफ ज्ञानेश्वरकी संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठ, धौलागिरि प्रोदशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा.किरण तिवारी, नेत्र ज्योति संघ बागलुङका अध्यक्ष विन्दु सागर राजभण्डारी र नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

शिविरमा धौलागिरि प्रादेशिक अस्पतालका दन्त चिकित्सकहरु डा. किरण कँडेल, डा.सम्झना लामिछाने, डा.सन्देश परियार र जेएमसि अस्पताल पोखराका दन्त चिकित्सकहरु डा.अस्मिता रिजाल, डा. निलिमा श्रेष्ठ र डा. बबिता दुलालको टोली रहने छन् ।

साथै शिविरमा नेत्र चिकित्सकहरु डा.सुहान श्रेष्ठ, डा. एलिना सापकोटा, नेत्र सहायकहरु सुजन पाण्डे, कविता भण्डारीको टोलि रहने छन् ।

शिविर सम्पन्न गर्नको लागि बागलुङ नगरपालिका, सालिमार ज्वेलर्स विशाल बजार र लाएक्रा बुटिक कुपुण्डोल ललितपुरले आर्थिक सहयोग गरेका छन्

।कार्यक्रम रोटरी क्लब अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्माको अध्यक्षता, रोटरी क्लब अफ बागलुङका कार्यसमिति सदस्य तथा स्वास्थ्य शिविरका संयोजक शिव केसीको स्वागत र सचिव निशान खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung