बागलुङ । बागलुङ शाक्य खलः काठमाडौंको छैठौं साधारण सभा तथा पारीवारिक भेलाले बालकुमार शाक्यको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कविन्द्र मान शाक्य, सचिवमा मनोज शाक्य, कोषाध्यक्षमा विक्रम शाक्य, सहसचिवमा इच्छा शाक्य सर्वसम्मत चयन भएका छन् ।
साथै सदस्यहरुमा शोभा लक्ष्मी शाक्य, केमिकल शाक्य, सहनशीला शाक्य, प्रकाश शाक्य, तार्जन शाक्य र सुनिल सन शाक्य रहेका छन् ।
कार्यक्रम बागलुङ शाक्य खलः काठमाडौंका अध्यक्ष युक्त प्रसाद शाक्यको अध्यक्षता र सचिव कविन्द्र मान शाक्यको संचालनमा सम्पन्न भएको थियो ।
बागलुङ शाक्य खल काठमाडौं सदस्यहरुको हकहितमा केन्द्रीत हुनुका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा केन्द्रीत छ ।



















































































































































































































