१५ बैशाख २०८२, सोमबार

 

मालिका सेवा समाजद्वारा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा क्यालेन्डर सार्वजनिक

बागलुङ । मालिका सेवा समाज बागलुङले नयाँ वर्ष २०८२ को क्यालेन्डर सोमबार सार्वजनिक गरेको छ। समाजले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो ।

सोमबार एक विशेष समारोहमा बागलुङ नगरपालिका-५ का वडा अध्यक्ष हरि प्रसाद शर्मा रेग्मी, पूर्व वडा अध्यक्ष शिव प्रसाद सापकोटा, गैर सरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङका कार्यालय प्रमुख घनश्याम सापकोटा, भिमापोखरा कल्याण समाजका अध्यक्ष डिल्ली राज उपाध्याय, कुँडुले सेवा समाजका अध्यक्ष कृष्ण प्रसाद आचार्य, मालिका सेवा समाजका अध्यक्ष जिवननाथ शर्मा , पूर्वअध्यक्ष दुर्गा कुँवर, सल्लाहकार फुल प्रसाद सापकोटा, बागलुङ नगरपालिका ५ का वडा सदस्य चक्रपाणी शर्माले  नयाँ वर्षको क्यालेन्डर अनावरण गरेका हुन्।

कार्यक्रममा बागलुङ नगरपालिका-५ का वडा अध्यक्ष हरि प्रसाद शर्मा, पूर्वअध्यक्ष शिव प्रसाद सापकोटा, गैर सरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङका कार्यालय प्रमुख घनश्याम सापकोटा, भिमापोखरा कल्याण समाजका अध्यक्ष डिल्ली राज उपाध्याय, कुँडुले सेवा समाजका अध्यक्ष कृष्ण प्रसाद आचार्य, सल्लाहकार यामलाल आचार्य, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, बानपा-५ का वडा सदस्य चक्रपाणी शर्मा, मालिका सेवा समाजका अध्यक्ष जिवननाथ शर्मा , पूर्वअध्यक्ष दुर्गा कुँवर, सल्लाहकार फुल प्रसाद सापकोटाले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम मालिका सेवा समाज अध्यक्ष जिवननाथ शर्माको अध्यक्षता, कोषाध्यक्ष प्रकाश केसीको स्वागत र सचिव खडानन्द सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung