१५ बैशाख २०८२, सोमबार

 

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङद्वारा चन्द्रावती पाध्या प्रति श्रद्धाञ्जली व्यक्त

बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको आयोजनामा जलजला गाउँपालिका-८ फोेर्से निवासी चन्द्रावती पाध्याको स्मृतिमा आइतबार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समितिका अध्यक्ष हेमलाल पौडेलको पुजनिय सासु आमा तथा हरिकृष्ण पाध्या, शम्भु नारायण पाध्या, कालिका रेग्मी, मालिका पौडेल, जालपा पौडेल र चण्डकी पौडेलकी आमा चन्द्रावती पाध्या प्रति नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशमा वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष तथा केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, उपाध्यक्ष प्रकाश पौडेल, कोषाध्यक्ष तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य मनकाजि विश्वकर्मा, बागलुङ नगरपालिका-४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, नागरिक सञ्चार प्रालिका अध्यक्ष माधव शर्मा, सल्लाहाकार यामलाल आचार्य, नेकपा माओवादी केन्द्र बागलुङका सदस्य कृष्ण जिसीले भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट ज्वाई हेमलाल पौडेलले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष तथा केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारीको अध्यक्ष तथा संघका महासचिव तथा नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष गोकुल प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung