बागलुङ । बागलुङ बजारका पुराना समाजसेवी नारायणप्रसाद श्रेष्ठको पुण्य तिथीको अवसरमा मानव सेवा आश्रमको भवन निर्माणका लागि पाँच लाख ११ हजार प्रदान गरिएको छ ।
हरिलक्ष्मी नारायण प्रसाद श्रेष्ठ स्मृति कोषका प्रधान संरक्षक तीर्थ प्रसाद श्रेष्ठ, संरक्षकहरु कृष्ण प्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ, मनोविज्ञान श्रेष्ठ, कोषका संयोजक श्रीजय श्रेष्ठ र उहाँको परिवारले मानव सेवा आश्रमका अभिभावक निर्मल कुमार श्रेष्ठ, लक्ष्मी बास्कोटा, सरिता गौतम र विपना तामाङलाई पाँच लाख ११ हजार सहयोग प्रदान गर्नुभएको थियो ।
सोही अवसरमा ओमशान्ती ब्रह्माकुमारी इश्वरीय विद्यालय बागलुङ शाखमा तीन/तीन लाखको दुर्गालक्ष्मी श्रेष्ठ स्मृति कोष तथा हरिलक्ष्मी नारायण प्रसाद श्रेष्ठ स्मृति अक्षय कोष स्थापना समेत गरिएको छ ।
साथै कोषका संरक्षकले विद्यामन्दिर माविमा कक्षा १२ अध्ययनरत ६ जना विपन्न र जेहेन्दार विद्यार्थीलाई जनही ५ हजार नगद सहित स्टेशनरी सामग्री प्रदान गर्नुभएको थियो ।
यमुना छन्त्याल, चेतना थापा, सुशिल सार्की, अभिषेक कार्की, लक्ष्मी कुँवर र सफल विकलाई जनहि ५ हजार नगद सहित स्टेशनरी सामाग्री पनि प्रदान गरिएको हो ।
साथै कार्यक्रममा नेपाल पत्रकार बागलुङ शाखाको नाममा रहेको हरिलक्ष्मी नारायण प्रसाद श्रेष्ठ स्मृति अक्षय कोषमा रहेको चार लाख रुपैयाँमा तिन लाख थप गरि सात लाखको अक्षय कोष र लेखन वृद्धि कोषका लागि नेपाल पत्रकार बागलुङ शाखाका उपाध्यक्ष सृजना पन्तलाई उक्त रकम हस्तान्तरण गरिएको थियो।
साथै धौलागिरि बहुमुखि क्याम्पसमा अध्ययनर जेहेन्दार विद्यार्थीका लागि तिन लाख ११ हजार तिन सय ११ रुपैयाँको कोष स्थापना गरिएको छ ।
कार्यक्रममा ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय ओमशान्तीका प्रमुख सावित्री दिदी, बागलुङ नगरपालिका ३ का वडा अध्यक्ष लक्ष्मण केसी, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्य, मंका: खल: का अध्यक्ष जयराम भारी, मानव सेवा आश्रमका अभिभावक निर्मल श्रेष्ठ र पत्रकार महासंघका उपाध्यक्ष सिर्जना पन्तले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम हरिलक्ष्मी नारायणप्रसाद श्रेष्ठ स्मृति कोषका प्रधान संरक्षक तिर्थप्रसाद श्रेष्ठको अध्यक्षता, संरक्षक श्यामप्रसाद श्रेष्ठको स्वागत र संरक्षक श्रीजय श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।


















































































































































































































